गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहका कर्मचारी पक्राउ

बिहीबार, असार २७, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीको टोलीले गृह मन्त्रालयका एक जना अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीले गृहमन्त्री र गृह सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई पक्राउ गरेको हो।

Honor x7 pad

प्रहरीका अनुसार पक्राउ परेका कर्मचारी विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याल लगायतसँग कुरा भइसकेको छ’ भन्दै गत असार २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीलाई थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न फोनबाट दबाब दिएको आरोप छ।

गृह मन्त्रालयका कम्प्युटर अपरेटर विष्टले गरेको दबाबलाई विमानस्थलका अध्यागमन प्रमुख  अधिकृत पन्थीले अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको संलग्नता खुलेको गृह मन्त्रालयले जानकारी दिएको छ।

विष्ट भिजिट भिसामा विदेश पठाउने धन्दामा संंलग्न भएको हुँदा गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाएका थिए। तर उनले जागिर थमौतीका लागि भन्दै गृहमन्त्री लामिछानेलाई सम्व्त भेटेका थिए।

गृहमन्त्रीलाई भेटेपनि आरोप लागेका विष्टमाथि थप अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गृह मन्त्रालयले विष्टलाई प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको हो। 

 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्