पहिलोपटक बाँकेमा मनाइयो डुबेर हुने मृत्यु रोकथाम दिवस

मंगलबार, साउन ९, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँकेमा आज पहिलोपटक डुबेर हुने मृत्यु रोकथाम दिवस मनाइएको छ ।

Honor x7 pad

जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा डुबेर हुने मृत्युु रोकथाम दिवस मनाइएको हो । 

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षता एवम्  नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डुबेर हुने मृत्यु वर्षेनी बढ्दै गइरहेको भन्दै सावधानी र सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।

बाँकेमा गत वार्षिक २०७९/८० मा ३४ जनाको डुबेर मृत्यु भएको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, नेपालगन्ज उपमहानगरपालिका वातावरण तथा विपत व्यवस्थापन समिति संयोजक समिरप्रताप सिंह, नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी, उपनिर्देशक दोलख डाँगी लगायत उपस्थित थिए । 

हरेक वर्ष जुलाई २५ मा पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्