राप्ती नगरपालिकाका मेयर सवार सकार्पियोमाथि अज्ञात समूहको आक्रमण

सोमबार, असार २४, २०८१
honor mob  winter sales

चितवन । चितवनस्थित राप्ती नगरपालिकामा मेयर चढ्नेे स्कार्पियो गाडीमाथि अज्ञात समूहले आक्रमण गरेको छ।

Honor x7 pad

मेयर शम्शेर लामाले आफैले चलाएर लिएको बा२झ ३६६६ नम्बरको स्कार्पियो गाडीमाथि गए राति ९ बजे वडा नम्बर २ को बुद्धशान्ति स्कुल पछाडि आक्रमण भएको चितवन प्रहरीले जानकारी दिएको छ।

अज्ञात समूहको आक्रमणमा गाडीको पछाडिको सिसा फुटेको छ भने मेयर लामा सकुशल रहेको प्रहरीले जनाएको छ।

उक्त गाडी मेयर आफैले चालाउने गर्छन्। प्रहरीले गाडी कसले आक्रमण गरेको भन्ने बारेमा जानकारी खुल्न नआएको बताउँदै अज्ञात समूहको खोजी रहेको जनाएको छ।

 

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्