Dashain Banner
Dashain Banner

कोशी ब्यारेजमा खतराको संकेतको रातो झण्डा गाड्दै खोलियो ५६ वटै ढोका

आइतबार, असार २३, २०८१

काठमाडौं । अविरल वर्षाका कारण पानीको बहाव अत्यधिक उच्च भएपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएका छन् ।

सुनसरी प्रहरीका अनुसार आज बिहान ९ बजे गरिएको मापनमा सप्तकोशीमा पानीको बहाव प्रतिघन्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगिसकेको छ।

कोशी ब्यारेजले प्रतिघन्टा ४ लाख क्युसेक पानीको बहाव धान्न सक्ने हुँदा ब्यारेजमा रातो झण्डा गाड्दै प्रशासनले ब्यारेजको सबै ५७ ढोका खोलिएको जनाएको छ। प्रशासनले पानीको बहाव अझै बढ्न सक्ने जनाएको छ।

ब्यारेजका सबै ढोका खोलिएपछि नदी किनारमा नजान र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर,अपनाउन आग्रह गर्दै सप्तकोशी किनारमा सुरक्षाफौजले निगरानी बढाइरहेको बताइएको छ। 

 

 

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्