Dashain Banner
Dashain Banner

दोलखामा आएको बाढीमा एक महिला बेपत्ता, तीन घर बगे

शनिबार, असार २२, २०८१

चरिकोट। दोलखामा अविरल वर्षापछि आएको भीषण बाढीले एक जनालाई बेपत्ता बनाएको छ भने तीन घर बगाएको छ। 

बाढीले जिल्लाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि रोल्वालिङ खोलाको बाढीले बगाएर रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएको दोलखा प्रहरीले जनाएको छ।

छ्योतछयोत सिमिगाउँकी जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आएकी थिइन् ।

वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्