अख्तियारले पोखरा महानगरपालिकामा छापा मार्दै नियन्त्रणमा लियो मणिपालको राजस्व छुटको कागजात

मंगलबार, असार १८, २०८१
honor mob  winter sales

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ।

Honor x7 pad

आज अख्तियारको टोलीले महानगरपालिकामा छापा मार्दै विभिन्न कागजात नियन्त्रणमा लिएको छ।

महानगरपालिकाले निजी क्षेत्रबाट सन्चालित मणिपाल शिक्षण अस्पताललाई २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा अख्तियारमा उजुरी परेपछि महानगरपालिका कार्यालय छापा परेको हो। 

अख्तियारले छापा मार्दै राजस्व छुट दिने निर्णयको कागजात नियन्त्रणमा लिएको बताइएको छ। मणिपाललाई राजस्व दिने निर्णयका साथै नक्सापास लगायत अस्पतालसँँग सम्बन्ध रहेको कागजात लिएको हो।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्