दंगीशरण गाउँपालिकामा सकियो ३ दिने कानुनी अभिमुखिकरण कार्यक्रम

आइतबार, असार १६, २०८१
honor mob  winter sales

दंगीशरण (दाङ)। दाङको दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित ३ दिने न्यायिक समितीसँग सरोकारवालाहरुको लागि कानुनी अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ।

Honor x7 pad

शुक्रवारदेखि आइतबार (आज)सम्म  चलेको कानुनी अभिमुखिकरणको आज एक कार्यक्रमकाबीच समापन गरीएको हो । समापन गर्दै कानुनको वारेमा सवै जानकार रहनुपर्ने बताउँदै मेलमिलापकर्ताहरुलाई पनि न्यायिक सम्पादनमा जोड्नुपर्ने गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताए  । 

अध्यक्ष गिरीले दंगीशरण गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी र मेलमिलापकर्ताहरुका लागि न्यायिक समितीबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरीएको बताए ।३ दिन सम्म चलेको अभिमुखिकरणले न्यायिक समिती र मेलमिलापकर्तालाई न्याय सम्पादनमा सहज पुगेको  उनले बताए।

सोही अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले कानुनको छुट कसैलाई नहुने हुँदा  कानुनी बिज्ञताका वारेमा जानकार रहन आग्रह गरिन  । स्थानिय तहमा मेलमिलापकर्ताहरु उजुरी प्रशासक तथा २ जना कार्यपालिका सदस्य सहितको न्यायिक समिती रहने हुँदा न्याय सम्पादनको क्रममा आइपरेका समस्या तथा ब्यबधानहरुको सहजताका लागि कानुनी अभिमुखिकरण कार्यक्रमले सहयोग गरेको उपाध्यक्ष खड्काले उल्लेख गरिन ।मेलमिलापकर्ता र न्यायिक समितीबीच नङ्ग र मासुको सम्बन्ध हुनुपर्ने उनले बताइन् ।

सहभागीहरुको तर्फबाट मेलमिलापकर्ता भरत वलीले ३ दिने अभिमुखिकरणमा धेरै मह्त्वपुर्ण कुरा सिक्न पाएकोमा खुशी  ब्यक्त गरे।

कस्ता उजुरीहरुललाई मेलमिलापकर्ताबाट र कस्ता उजुरीहरुलाई न्यायिक समितीबाट  फर्छ्यौट  गर्न सकिन्छ भन्ने जस्ता आफुहरुलाई थाहा नभएका कुराहरु जान्ने मौका पाएकोमा उनले खुशी भएको बताए।

समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष खड्काको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आतिथ्यता भएको थियो । समापनको सहजीकरण शिक्षा शाखा सहायक उमा केसीद्वारा गरिएको ३ दिने अभिमुखिकरणको प्रशिक्षकमा उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका सह-न्याधिबक्ता मोहन सागर बस्याल रहेका थिए।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्