दंगीशरण गाउँपालिकामा तीनदिने कानुनी अभिमुखिकरण आजदेखि सुरु

शुक्रबार, असार १४, २०८१
honor mob  winter sales

दाङ । दाङको दंंगीशरण  गाउँपालिकाको आयोजनामा न्यायिक समितिसँँग सरोकारवालाहरुको लागि कानुनी अभिमुखिकरण कार्यक्रम आजदेखि सुरु भएको छ ।

Honor x7 pad

आजदेखि १६ गतेसम्म चल्ने कानुनी अभिमुखिकरणको आज एक कार्यक्रमकाविच उद्घाटन गरिएको हो ।

कानुनी अभिमुखिकरण उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी,र मेलमिलापकर्ताहरुका लागि न्यायिक समितिवारे जानकारी गराउन कार्यक्रमको आयोजना गरीएको बताए ।३ दिनसम्म चल्ने अभिमुखिकरणले न्यायिक समिती र मेलमिलापकर्तालाई न्याय सम्पदानमा सहज पुग्ने विस्वास ब्यक्त अध्यक्ष गिरीले गरे ।

सोही अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले कानुनको छुट कसैलाई नहुने हुदा कानुनी बिज्ञताका वारेमा जानकार रहन आग्रह गरिन ।स्थानिय तहमा मेलमिलापकर्ताहरु उजुरी प्रशासक तथा २ जना कार्यपालिका सदस्य सहितको न्यायिक समिती रहने हुदा न्याय सम्पादनको क्रममा आइपरेका समस्या तथा ब्यबधानहरुको सहजताका लागि कानुनी अभिमुखिकरण कार्यक्रमले सहयोग गर्ने अपेक्षा रहेको बताइन्  ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेको स्वागत मन्तब्यबाट सुतु भएको उद्घाटन कार्यक्रमको सहजीकरण शिक्षा साखा सहायक उमा केसीले गरेकी हुन्  ।३ दिने अभिमुखिकरणको प्रशिक्षकमा 

उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका सह न्याधिबक्ता मोहन सागर बस्याल रहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्