कांग्रेस उपसभापति श्रेष्ठमाथि नेपालगन्जमा चक्कु प्रहार

सोमबार, साउन ८, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपाली कांग्रेस बाँके प्रदेश २ 'ख' का उपसभापति अभिषेक श्रेष्ठमाथि एक समूहले चक्कु प्रहार गरेको छ।

Honor x7 pad

उपसभापति श्रेष्ठलाई शनिबार राति १० बजे नेपालगन्जस्थित त्रिभुवन चोकमा घर जाँदै गरेको अवस्थामा ५-६ जना युवाको समूहमा रहेका प्रदिप भैवाले मुखमा चक्कु प्रहार गरेका थिए। 

चक्कु प्रहारबाट घाइते भएका उपसभापति श्रेष्ठको मुखमा ६ वटा टाँका लगाइएको छ। अस्पतालबाट डिस्चार्ज भएर आफु अहिले बेड रेस्टमा रहेको श्रेष्ठले बताए।

शनिबार राति त्रिभुवन चोकबाट घर जाँदै गरेको अवस्थामा  प्रदिप भैवाले चक्कु प्रहार गरेको उपसभापति श्रेष्ठले मिनेटखबरलाई बताए। प्रदिपसँग अरु ५-६ केटाहरु रहेपनि आफुले उनीहरुलाई नचिनेको बताए।

नेता श्रेष्ठले आफुलाई चक्कु प्रहार गर्ने समूहलाई कडा कारबाही गर्न समेत प्रहरीसँग माग गरेको बताएका छन् 

यता घटनाको विरोधमा नेपाली कांग्रेस प्रदेश २ 'ख' का सभापति जितेन्द्र बहादुर हमालले विज्ञप्ति मार्फत आक्रमण गर्ने युवाहरुको समूहमाथि कारबाही गर्न माग गरेका छन् ।

उपसभापति श्रेष्ठमाथि चक्कु प्रहार भए लगत्तै  प्रहरीले आक्रमण गर्ने समूहको नेतृत्व गरेका प्रदिपलाई पक्राउ गरेको थियो ।

यसअघि पनि गुण्डागर्दी र लागूओषध सहित सार्वजनिक स्थलमा खुलेयाम गोली प्रहार गर्ने लगायतका गतिविधिमा लागेका प्रदिप केही दिन अघि मात्रै अदालतबाट धरौटीमा रिहा भएको बताइएको छ। विज्ञप्ति-

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्