बिपदबारे नेपालगञ्जमा दिइयो पत्रकारहरुलाई दुई दिने तालिम

बिहीबार, असार १३, २०८१
honor mob  winter sales

नेपालगञ्ज । बिपदबारे नेपालगञ्जमा पत्रकारहरुका लागि दुई दिने तालिम सुरु भएको छ । तालिम नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समन्वयमा सुरु भएको हो ।

Honor x7 pad

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बिपदको बेला सही सूचना सम्प्रेष्ण गर्नु सबैको दायित्व रहेको बताए । यसका लागि सरोकारवाला निकायहरु जवाफदेही बन्नुपर्ने र मिडियाले निष्पक्ष भएर समाचार प्रकाशन तथा प्रकाशन गर्नुपर्ने उनले बताए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख बिष्टले नेपालगञ्जलाई बिपदको हब घोषणा गरेर सोही अनुसारका कार्यक्रम ल्याउन जरुरी रहेको बताए । यसका लागि नेपालगञ्ज उपमहानगरपालिका तयार रहेको उनले बताए । अहिलेसम्म पूर्व तयारीका लागि थुप्रै नीतिगत कामहरु भएको उनको भनाई छ । बिपद ब्यवस्थापनको पाटोमा सबैको हातेमाले जरुरी रहेको उनले बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका बिपद समिति संयोजक समिर प्रताप सिंहले बिपद जतिबेला पनि आउन सक्ने भएकाले सबै सचेत हुनुपर्ने र सहयोगी भावना सबैमा हुनुपर्ने भनाई राखे । कार्यक्रममा रेडक्रस बाँकेका सभापति गोबद्र्धन सिंह सम्झनाले बिपदको बेला सबै जना सुरक्षित भएर काम गर्नुपर्ने भएकाले सूचना सहीरुपमा प्रवाह गर्नुपर्ने बताए । भोलि शुक्रबार सकिने तालिमको सहजीकरण राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सञ्चार विज्ञ रञ्जना श्रेष्ठ, बिबिसी मिडिया एक्सनका किरण भण्डारी, मेघराज रसाइली र कामना प्रधानले गरिरहेका छन् । तालिममा बाँकेका विभिन्न मिडियामा आबद्ध ३५ जना बढी पत्रकारहरुको सहभागिता रहेको छ । 

तालिमले पत्रकारहरुलाई बिपदका समयमा कसरी आफू सुरक्षित भएर रिपोर्टिङ गर्ने र समुदायलाई सुरक्षित बनाउने भन्ने कुरामा मद्दत पुग्ने आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २३:२६
प्रतिक्रिया दिनुहोस्