कोशी सरकारविरुद्दको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

सोमबार, साउन ८, २०८०
honor mob  winter sales

काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको वैधानिकतामाथि बहस आज दिउँसो साढे १२ देखि जारी छ । 

Honor x7 pad

निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई मान्यता दिएर उद्धव थापाको नेतृत्वमा गठन गरिएको सरकारविरुद्ध सर्वोच्च अदालतमा असार २२ गते रिट दर्ता गरेका थिए ।

आज न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।

यसअघि न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई यो मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। 

न्यायाधीश प्रधानको एकल इजलासले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेको थियो । 

निष्पक्ष बस्नुपर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको एमालेको आरोप छ । सोही विषयमा  सर्वोच्चमा सुनुवाइ भइरहेको छ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्