मेलम्चीमा आएको भीषण बाढीले पुल बगायो

सोमबार, असार १०, २०८१
honor mob  winter sales

काठमाडौं  । आइतबार रातिदेखि आएको अविरल वर्षाका कारण भीषण  बाढीले मेलम्चीको अस्थायी पुल बगाएको छ। वर्षाका कारण आएको ठुलो बाढीले सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका-११ फटटेमा रहेको अस्थायी पुल नै बगाएको हो।

Honor x7 pad

यसअघि २०७८ मा आएको बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर त्यहा अस्थायी पुल बनाइएको थियो। वर्षा लाग्नुअघी नै त्यो ह्युम पाइप झिक्ने गरिएको भएपनि यसपाली झिक्ने सल्लाह हुँदै गर्दा बाढी आएर पुल नै बगाएको मेलम्ची नगरपालिकाले जनाएको छ।

बाढीले अस्थायी पुल बगाएपछि वडाभित्रको एक गाउँबाट अर्को गाउँ जाने बाटो नै बन्द भएको छ। अहिले मेलम्ची-९ दुवाचौर, केउरानी,बरुवा लगायतका स्थानहरुमा यातायात सन्चालनमा समस्या भएको मेलम्ची नगरपालिकाले जनाएको छ।

पुल हुँदा एकैछिनमा गन्तव्यका पुग्ने भएपनि अहिले पुल बगाउँदा १५ किलोमिटर घुमेर गन्तव्यमा पुग्नुपर्ने भएको छ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्