दंगीशरणमा ९ लाखको कृषिऔजारका सामाग्री वितरण

शनिबार, असार ८, २०८१
honor mob  winter sales

दाङ । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर  २ ले ५० प्रतिशत अनुदानमा कृषिऔजार तथा योजनाबाट खरीद गरिएका सामाग्रीहरु बितरण गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरी ५० प्रतिशत  अनुदानमा कृषिऔजार तथा सामाग्रीहरुका साथै योजनाका मोटर पाइप तथा पम्पसेटका सहितका सामाग्रीहरु बितरण गरिएको हो।

Honor x7 pad

सामाग्री वितरण कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्रीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाग्री बितरण गर्दै गाउँपालिका अध्यक्ष  गिरीले किसानको माग अनुसारको कृषि सामाग्री खरीद गरी कृषि समुहहरुलाई बितरण गरीएकोमा खुशी ब्यक्त गरे ।

स्थानिय सरकार जनताको नजिकको सरकार भएकाले पनि जनताको इच्छा भावना अनुरुपका सामाग्री बितरण गरीएको उनको भनाइ थियो ।स्थानिय सरकारलाई धेरै अधिकार प्राप्त भएकाले पनि पहिले जस्तो जिल्ला सदरमुकाम धाउन पर्ने बाध्यताको अन्त्य भएको उल्लेख गरेका थिए । किसानहरुको हरेक आबश्यकता र कृषि क्षेत्रलाई प्रविधिकरणसँँग जोड्न र कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई बढाउन विशेष कार्यक्रम ल्याउने तयारीमा आफुहरु रहेको अध्यक्ष गिरीको भनाइ छ ।

यस्तै सामाग्री वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले आबश्यकता अनुसारको सामाग्री माग गरी त्यसको सहि सदुपयोग गर्नुपर्ने बताइन्  ।अनुदानमा दिएका सामाग्रीहरुको समुहले एउटा कोषनै खडा गरी सामाग्री बिग्रेको अवस्थामा मर्मत गर्न सहज हुने गरी अगाडी बढ्न सुझाव दिईन ।

वडा नम्बर २ का वडा अध्यक्ष खत्रीले बस्ती स्तरबाट योजना छनोट गर्दा सिंचाइ बाटोघाटो तट्बन्ध तथा मोटर पाइप र पम्पसेटको माग गरे अनुसार जनताले माग गरे अनुसारकै सामाग्री खरीद गरी बितरण गरीएको बताए ।वडा नम्बर  २ को कतिपय भाग बस्ति अग्लो स्थानमा रहेको र ड्यामको पानीबाट सिंचाइ  गर्ने अवस्था रहेकाले पनि बढिमात्रामा मोटर तथा पाइपहरुको माग आउने गरेको उनको भनाइ थियो ।

वडाले २ लाखको कृषि सामाग्री ५० प्रतिशत अनुदान र ७ लाख बरावरको सामाग्री २०८०-८१ को बिनियोजित बजेटबाट  योजना मार्फत खरीद गरी वितरण गरेको वडा अध्यक्ष खत्रीले जानकारी दिए । जस अन्तर्गत ५० प्रतिशत  अनुदानमा त्रपाल,मोटर,स्प्रे टन्की,कर्णसेल मेसिन,गरी कृषि समुहहरुलाई बितरण गरिएको हो ।यस्तै योजना अन्तर्गत बजेट बिनियोजन गरी सात टाकुरा टोलमा मोटर पाइप,कलङकोखा पुर्वको वस्तीमा डिजल पम्पसेट,पुर्वि सरुवाडाडामा मोटरपाइप खरीद,कौवाघारी चौधरी टोलमा पाइप खरीद,कौवाघारी मथिल्नो टोलमा डिजेल पम्पसेट र पाइप खरिद,र नमुना वस्ती टोलमा डिजेल पम्प्सेट र मोटर पाइप खरीदगरी जम्मा ७ लाख ३० हजार बरावरको सामाग्री वितरण गरिएको हो ।

सामाग्री बितरण कार्यक्रममा वडा सदस्य अन्जना बिक समाजसेवी मानबहादुर परीयार लगायतले आ-आफ्नो भनाइ राखेका थिए। वडा सदस्य मोहन बिकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका जिन्सी शाखा प्रमुख बालकृष्ण भण्डारीले गरेका थिए।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्