मोटरसाइकल दुर्घटना गम्भीर घाइते भएका वडाध्यक्षको निधन

शुक्रबार, असार ७, २०८१
honor mob  winter sales

उदयपुर । उदयपुरको वेलका नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष पदम खड्काको निधन भएको छ। ४४ वर्षीय अध्यक्ष खड्काको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पताल निधन भएको हो।

Honor x7 pad

गत जेठ ३० गते मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका वडाध्यक्ष खड्काको गएराति १२ बजे उपचारका क्रममा निधन भएको वेलका नगरपालिकाले जनाएको छ।

दुर्घटना भए लगत्तै उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि टाउकोमा गम्भीर चोटका कारण खड्कालाई जेठ ३१ गते थप उपचारका लागि हेलिकप्टरबाट  नर्भिक अस्पतालमा लगिएको थियो।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्