नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा जाँदै

सोमबार, साउन ८, २०८०
honor mob  winter sales

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट एक मन्त्री र राज्यमन्त्री बन्दैछन् । 

Honor x7 pad

नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पठाउने तयारी गरेको छ।  त्यस्तै  सचेतक कैलाश चौधरीलाई राज्यमन्त्रीका लागि  प्रस्ताव गरिएको संसदीय दलका नेता घनश्याम चौधरीले बताए।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आज मन्त्री नियुक्त भएपनी भोलिमात्रै शपथको सम्भावना छ। मुख्यमन्त्री कमलबहादुर शाही आज काठमाडौंबाट फर्किएपछि नागरिक उन्मुक्तिले सिफारिस गरि पठाएकाहरुलाई मन्त्री नियुक्त गर्ने बताइएको छ। 

मन्त्रीमा रामेश्वरको नाम टुंगो लागेपनि राज्यमन्त्रीमा कैलाशलाई पठाउने वा अर्कैलाई पठाउने भन्ने बारेमा निर्णय भइरहेको नागरिक उन्मुक्तिका एक नेताले बताए ।

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्