डुबानबाट बचाउन मुख्य नालाको निकास फराकिलो पारिँदै

आइतबार, साउन ७, २०८०
honor mob  winter sales

 नेपालगञ्ज । नेपालगञ्जको सुर्खेतरोडस्थित मुख्य नालाको पुलको निकासलाई फराकिलो बनाउन निर्माण कार्य शुरु भएको छ । 

Honor x7 pad

केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको चौडाई निर्माण गरिएपनि बीचको भाग (निकास) तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर वर्षेनी नेपालगञ्ज नगर डुबानमा पर्ने समस्या अन्त्य गर्न अहिले नाला निर्माण थालिएको हो । पहिला निर्माण गर्ने कम्पनीको चरम लापरवाहीका कारण नाला फराकिलो भएपनि बीचको भाग तीन मिटरको साँघुरो बनाएका कारणले नेपालगञ्जबासीले सास्ती भोग्दै आएका थिए ।

प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीको पहलमा उक्त समस्याका बारेमा केन्द्रीय स्तरसम्म पहल पश्चात निर्माण कार्य शुरु भएको स्थानीयबासीले बताएका छन् । सांसद तिवारीले नेपालगञ्ज–सुर्खेतरोड सडकखण्ड अन्र्तगत मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुललाई फराकिलो बनाएर निकासका लागि सम्वन्धित सरोकारवालासँग पुगेर पहल गर्दा कार्य शुभारम्भ भएको भन्दै खुशी व्यक्त गरिन् । 

संसाद तिवारीले भनिन्, “नेपालगञ्ज शहरको मुख्य समस्या ढल निकास र डुबानलाई दीर्घकालीनरुपमा समाधान गर्नुपर्दछ, त्यसका लागि मेरो तर्फबाट पहल भयो ।” स्थानीयको समस्या लिएर सांसद तिवारी सडक डिभिजन कार्यालय, क्षेत्रीय सडक डिभिजन, नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयसम्म पटकपटक पुगेपछि उक्त नालालाई चौडा बनाउन थालिएको हो  । 

तीन दिन अघि पुल चौडाई गर्नका लागि काम शुरु भएको सडक डिभिजन कार्यालय नेपालगञ्ज प्रमुख निरज शाक्यले बताए । उनका अनुसार नालाको चौडाई गर्नका लागि रु. ३२ लाख ५ हजार ४५२ को लागतमा कार्की सच्ची जेभी कन्स्ट्रक्सन नेपालगञ्जले ठेक्का लिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्