दंगीशरणमा दुई दिने स्थानीय पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम

शनिबार, जेठ २६, २०८१
honor mob  winter sales

दाङ । दाङको दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित दुई दिने स्थानीय पाठ्यक्रमको प्रवोधिकरण कार्यक्रम बिरेन्द्र नमुना माध्यमिक विधालय हेकुलीमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा २ दिने प्रवोधिकरण कार्यक्रम सम्पन्न भएको हो ।

Honor x7 pad

पाठ्यक्रम प्रवोधिकरण समापन कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गतबर्ष पाठ्यक्रम निर्माण भएतापनि पाठ्यपुस्तक बितरण गर्न प्राविधिक कारण ढिलाइ भएको बताए ।अर्को प्रसङ्गमा अध्यक्ष गिरीले पुस्तक हेरर मात्र पढाउने बानि कम गर्न आग्रह गरे।शिक्षकहरु प्रविधि अनुरुप रुपान्तरीतहुनु आजको आबश्यकता रहेको अध्यक्ष गिरीको भनाइ थियो ।

विद्यार्थीहरुलाई आफ्नै संस्कृति संस्कार र रीतिरिवाजवारे जानकारी लिन स्थानिय पाठ्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने गिरीले बताए ।पछिल्लो समय नागरीक तथा नैतीक शिक्षाको कमिले चाल चलन परम्परा र संस्कार समेत  कमि आएको अध्यक्ष गिरीले बताए ।

समापन अवसरमै सिद्ध पृथ्वी जनता माध्यमिक विधालय श्रीगाउँका शिक्षक गुरु गौतमले स्थानिय तहले पाठ्यक्रम निर्माण गरेसङ्गै स्थानिय कुराहरुको वारेमा बिद्यार्थीले जान्न पाउने अवर प्राप्त भएको बताए ।स्थानिय पाठ्यक्रमले सिमित आफ्नो वरपरको मात्र कुरा सिक्ने नभई समग्र कुरालाइ समेट्न सक्नुपर्ने उनको भनाइ थियो ।

सोही अवसरमा सदावहार ज्ञानकुन्जका वालुराम डाँँगीले अब छिट्टै पाठ्यपुस्तक बितरणगरी शिक्षण सिकाइमा सहयोग पुर्याइदिन आग्रह गरे ।

यस्तै माध्यमिक विद्यालय मधपुरका शिक्षक छवि ऐरीले कार्यक्रमले स्थानिय पाठ्यक्रमको वारेमा धेरै कुरा सिक्न पाएको प्रती खुशी  ब्यक्त गरे।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्