यार्सा खोज्न गएका ४ जनाको मृत्यु

आइतबार, जेठ २०, २०८१
honor mob  winter sales

मुगु यार्सागुम्बा खोज्न गएका ४ जनाको मृत्यु भएको छ। मुगुमा पछिल्लो दुई दिनमा यार्सागुम्बा खोज्न गएका ४ जनाको लेक लागेर मृत्यु भएको जिल्ला  प्रशासन कार्यालय मुगुले जानकारी दिएको छ।

Honor x7 pad

शनिबार यार्सागुम्बा खोज्न जाने क्रममा लेक लागेर सिकिस्त भएका एक जनालाई माथिबाट तल झारेर अस्पताल ल्याउने क्रममा मृत्यु भएको मुगु प्रशासन कार्यालयले  जनाएको छ। त्यसैगरी अन्य तीन जनाको उपचारका क्रममा स्वास्थ्य चौकीमा मृत्यु भएको हो।

लेक लागेर सिकिस्त भएका छायानाथ रारा नगरपालिका-१० तल्लेखका जीवन बुढा र देवराज बुढाको शनिबार  स्वास्थ्य चौकीमा उपचार हुन नसकेर जिल्ला सदरमुकाम गमगढी ल्याउने क्रममा देवराजको बाटोमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ।

त्यस्तै शनिबार नै यार्सा खोज्न जाने क्रममा पाटन ठुलो कोइकिमा लेक लागेर सिकिस्त बिरामी परेर उपचारका लागि मुगु गाउँपलिकामा ल्याइएका छायानाथ रारा नगरपालिका-१२ मा पर्ने शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको हो। 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्