काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालयमा पैसा नलिन बालेनको निर्देशन

शुक्रबार, जेठ १८, २०८१
honor mob  winter sales

काठमाडौं । काठमाडौं महानगरले सार्वजनिक शौचालयमा प्रयोग गर्नेसँग शुल्क नउठाउन निर्देशन दिएको छ। महानगरले सूचना जारी गर्दै सार्वजनिक उपयोगमा रहने गरि निर्माण भएका तथा सन्चालनमा आएका सार्वजनिक शौचालय प्रयोगकर्तासँग पैसा नलिन शौचालय सन्चालक तथा व्यवस्थापकलाई आग्रह पनि गरेको छ।

Honor x7 pad

महानगरले शौचालय प्रयोगकर्ताबाट पैसा लिइ सन्चालन भइरहेका शौचालयका व्यवस्थापक तथा सब्चालक्लाई आजका मितिदेखि १५ दिनभित्र महानगरको सार्वजनिक निजी साझेदारी इकाईमा लिखित प्रस्ताव पेश गर्न महानगरले भनेको छ।

हाल शौचालय प्रयोग गरे बापत ५  अथवा १० रुपैयाँ बुझाउने बाध्यता अबको १५ दिनपछि हटेर काठमाडौं महानगरभरका सार्वजनिक शौचालयमा निशुल्क प्रयोग गर्न मिल्ने छ।

महानगरको निर्देशन विपरीत कार्य गरेको भेटिए तत्काल प्रचलित कानुन बमोजिम कारबाही गरिने काठमाडौं महानगरले जनाएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्