बाँकेको डुडुवा गाउँपालिकाका वडा सदस्यको निधन, आज शोक बिदा

शुक्रबार, जेठ १८, २०८१
honor mob  winter sales

डुडुवा (बाँके) बाँकेको डुडुवा गाउँपालिका गाउँसभा सदस्य तथा वडा नम्बर १ का वडा सदस्य रामसागर लोनियाको निधन भएको छ । लामो समयदेखि मुटु रोगको समस्याले बिरामी भएका उनको उपचारको क्रममा बिहीबार निधन भएको हो ।

Honor x7 pad

वडा सदस्य लोनियाको निधनको घटनाप्रति गाउँपालिका स्तब्ध भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शोक बक्तव्य जारी गर्दै शोकको दुस्खद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धेर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

वडा सदस्य हरिजनको निधनको शोकमा गाउँपालिकाले आज एक दिन सार्वजनिक विदा दिएको छ । गाउँ कार्यपालिकाको कार्यालय, गाउँपालिका अन्तर्गतका ६ वटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवाहरु बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द रहने पालिकाले निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्