Dashain Banner
Dashain Banner

बाँकेमा सबैभन्दा कम बेरुजु हुने पालिका राप्तीसोनारी

बिहीबार, जेठ १७, २०८१

बाँके । महालेखा परीक्षक कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनले बाँकेका सबै स्थानीय तहहरुमध्ये राप्तीसोनारी गाउँपालिकामा सबैभन्दा कम बेरुजु रहेको उल्लेख गरेको छ।

महालेखा परीक्षक कार्यालयले गरेको आर्थिक वर्ष २०७९-८० लेखापरीक्षण गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा  बाँकेभरका स्थानीय तहमा ६४ करोड  ७२ लाख ८५ हजार रुपैयाँ बेरुजु देखाएको छ। 

महालेखाले सार्वजनिक गरेको प्रतिवेदनको प्रतिशतमा राप्तीसोनारीको २.०५ प्रतिशत, नेपालगन्जको ४.०२, कोहलपुरको ४.६७, खजुराको २.४७, बैजनाथको ५.१३, जानकीको २.९४, डुडुवाको ४.७८, नरैनापुरको ४.०२ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

माथी उल्लेखित परिणाम अनुसार राप्तीसोनारी जिल्लामै सबैभन्दा बेरुजु कम हुने स्थानीयमा परेको छ भने बैजनाथ जिल्ला सबैभन्दा बढी बेरुजु भएको स्थानीय तहमा परेको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्