कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडीओ र अधिकृतविरुद्ध पक्राउ पुर्जी

बिहीबार, जेठ १७, २०८१
honor mob  winter sales

धनुषा । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने प्रमुख जिल्ला अधिकारी (सिडीओ) विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

Honor x7 pad

सिरोहियालाई रिहा गरेको भोलिपल्ट अर्थात आज धनुषाका तत्कालीन सिडीओ शरद कुमार भट्टराई र सिरोहियालाई नागरिकताको प्रतिलिपी दिने तत्कालीन शाखा अधिकृत काशीराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

पक्राउ पुर्जी जारी भएका तत्कालीन सिडीओ भट्टराईले सिरोहियालाई दिइएको वंशजको नागरिकतामा हस्ताक्षर गरेका थिए।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्