कांग्रेसबाट निर्वाचित रुन्टीगढी गाउँपालिकाकी वडा सदस्यको निधन

बिहीबार, जेठ १७, २०८१
honor mob  winter sales

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ की वडा सदस्य सुपारी विश्वकर्माको निधन भएको छ। 

Honor x7 pad

नेपाली कांग्रेसबाट निर्वाचित ३५ वर्षीया वडा सदस्य सुपारीको आज बिहान २ बजे आफ्नै घरमा निधन भएको गाउँपालिकाले जनाएको छ।

वडा सदस्य सुपारी लामो समयदेखि क्यान्सरबाट पीडित रहदै आएकी थिइन् । उनको देशका विभिन्न स्थानमा उपचार गरिए पनि पाठेघरको क्यान्सरका कारण निधन भएको गाउँपालिकाले जानकारी दिएको छ।

गत असारमा कांग्रेसबाट निर्वाचित सोही वडाका वडाध्यक्ष टंक पुनको निमोनियाबाट मृत्यु भएको थियो।

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्