विद्युत कार्यालयले झ्यापझ्याप बत्ती काट्ने र अघोषित लोडसेडिंगले नेपालगञ्जवासी हैरान

बिहीबार, जेठ १७, २०८१
honor mob  winter sales

बाँके । बाँकेको नेपालगञ्जमा बढ्दो विद्युत अनिमियतताबारे चासो ब्यक्त गरिएको छ । नेपाल विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण चर्को गर्मीमा पनि नेपालगञ्जबासीले विद्युत अनियमितताको मार खेपिरहेको भन्दै नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी लगायतले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

Honor x7 pad

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी लगायत उपस्थित छलफलमा उद्योगी व्यवसायीले विद्युत नियमितताका लागि विद्युत कार्यालयले गम्भीर चासो नदेखाएको भन्दै रोष प्रकट गरे । 

विद्युत कार्यालय नेपालगञ्जका प्रमुख गैरजिम्मेवार भइरहेको उनीहरुको आरोप छ । फोन समेत नउठाउने, स्पष्ट जवाफ नदिने, कार्यालयको फोन पनि नउठ्ने गरको भन्दै उनीहरुले झ्यापझ्याप बत्ती काट्ने, लो-भोल्टेज र अघोषित लोडसेडिंगले हैरान बनाएको गुनासो गरे ।

आजको छलफलमा विद्युत कार्यालयका प्रतिनिधिहरु उपस्थित भए पनि कार्यालय प्रमुख अनुपस्थित थिए । त्यसैले आज फेरि छलफल हुने बताइएको छ । दुई तीन दिनभित्र विद्युत समस्या समाधान नभए आन्दोलन चर्काउने चेतावनी उनीहरुले दिएका छन् ।       

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्