'लू' प्रतिकार्य कार्यक्रमलाई झनै प्रभावकारी बनाइँदै

बुधबार, जेठ १६, २०८१
honor mob  winter sales

बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित तातो हावाको लहर "लू" प्रतिकार्य कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । तातो हावा प्रतिकार्य कार्यसमूह बैठकमा बढ्दो चर्को गर्मी र तातो हावाको लहर प्रतिकार्य कार्यक्रम अन्तर्गत भइरहेका क्रियाकलाप, तिनको प्रभावकारिता र आगामी कार्यनीतिका विषयमा छलफल गरिएको हो ।

Honor x7 pad

नेपालगञ्ज उपमहानगरपालिकामा अमेरिकन रेडक्रसको सहयोगमा रेडक्रस बाँके शाखाले "ल" प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको छ । बैठकमा हालसम्म गरिएका गतिविधिहरुको बारेमा जानकारी आदानप्रदान, सितलन केन्द्र निर्माण कार्यको प्रगति, सितल छाना कार्यक्रमका लागि लाभग्राही छनौट लगायका एजेण्डामा छलफल भएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका विपद समिति संयोजक एवम् प्रतिकार्य कार्यसमूहका संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा रेडक्रस बाँके शाखाका उपनिर्देशक दोलख बहादुर डाँगीले हाल सञ्चालनमा रहेका गतिविधिबारे जानकारी गराएका थिए । 

"लू" प्रतिकार्य कार्यक्रम अन्तर्गत सन् २०२२ देखि निरन्तर सचेतना कार्यक्रम सञ्चालन, विद्यालयका शिक्षकका लागि तालिम, माइकिंग तथा पोष्टर-पम्प्लेट वितरण, जोखिमयुक्त समुदायमा घरधुरी भेटघाट तथा परामर्श, विद्युतीय माध्यमबाट सन्देश प्रशारण, विद्यालय स्तरीय अभिमुखीकरण, जमुनाहा नाकामा शुद्ध पिउने पानी वितरण र सन्देश प्रचारप्रसार, नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यमा तातो हावाको लहरलाई समावेश गरेको, पेशागत समूहका लागि अभिमुखीकरण तालिम, २० घरधुरी लक्षित सितल छाना पहल कार्यक्रम सञ्चालन लगायतका गतिविधि भइरहेको डाँगीले जानकारी गराए ।  

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्