Dashain Banner
Dashain Banner

दंगीशरणमा महिलाहरुका लागि ढकिया बुनाइ तालिम

बुधबार, जेठ १६, २०८१

दंगीशरण (दाङ )। दाङको दंगीशरण गाउँपालिकामा महिलाहरुका लागि १५ दिने ढकिया बुनाइ तालिम सुरु भएको छ। 

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले यहाँको कला कौशललाई देश बिदेशसम्म पुर्याउन पनि यहाँका महिलाले सिकेको सिपलाई व्यबहारमा उतार्न आग्रह गरे।पुरानो कला संस्कृती र परम्परालाई जोगाई राख्न पनि यस्ता सिपको बिकासमा आफुहरु लागी परेको अध्यक्ष गिरीको भनाई थियो।

गाउँपालिकाकाअ उपाध्यक्ष पिमा वली खड्काले सिप सिकेर सिपलाई व्यबहारमा उतार्दै सफल उद्यमी बन्न आग्रह गरिन ।कच्चापदार्थ पनि सस्तो पाइने र सिप पनि आफैसंग हुँदा हुदा पनि उद्यमी बन्न नसक्दा दुख लाग्ने गरेको उनले बताइन् ।

वडा नम्बर ३ का वडाध्यक्ष शुकलाल चौधरी र जिल्ला समन्वय सदस्य टोपाराम चौधरीले बजारको माग अनुसार सिपमा परीवर्तन गर्न आवश्यक रहेको बताएका थिए।

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्