सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खसेर दुई नेपाली युवकको मृत्यु

बुधबार, जेठ १६, २०८१
Honor 600 pro

काठमाडौं । दुई जना नेपाली युवकको अष्ट्रेलियामा समुद्रमा माछा मार्ने क्रममा खसेर मृत्यु भएको छ। सोमबार सिड्नीस्थित क्रोनलाको उत्तरमा माछा मार्ने क्रममा समुद्रमा खसेर २२ र २५ वर्षीय युवाकहरुको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले जनाएको छ।

क्रोनलाको उत्तरमा  रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकको चट्टानमा बसेर माछा मार्ने क्रममा उनीहरु दुबै जना समुद्रमा खसेको त्यहाको प्रहरीले जनाएको एनआरएनए अष्ट्रेलियाले जानकारी दिएको छ। उनीहरु दुबै जना लाइफ ज्याकेट बिना चट्टानमा बसेर माछा मार्ने क्रममा समुद्रमा खसेको बताइएको छ।

माछा मार्ने क्रममा दुई युवक समुद्रमा खसेको खबर पाए लगत्तै उद्दारमा गएको मरिन रेस्क्यु टोली त्यहा पुगेर उनीहरुको उद्दार गरेता पनि उपचारका क्रममा उनीहरु दुबै मृत्यु भएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्