आजबाट कोशी सरकारको वैधानिकतामाथि सर्वोच्चमा बहस

आइतबार, साउन ७, २०८०
honor mob  winter sales

काठमाडौं । आजबाट कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको वैधानिकतामाथि बहस हुने भएको छ । 

Honor x7 pad

यसअघि न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई यो मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। 

न्यायाधीश प्रधानको एकल इजलासले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेको थियो । 

निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई मान्यता दिएर उद्धव थापाको नेतृत्वमा गठन गरिएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

निष्पक्ष बस्नुपर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको एमालेको आरोप छ । सोही विषयमा आजबाट सर्वोच्चमा बहस हुन लागेको हो । 

 

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्