पत्रकार महासंघका पदाधिकारीहरुले भने- अवैध रुपले तयार गरिएको सदस्यता सूची तत्काल खारेज गरियोस्

निर्वाचन रोक्न चेतावनी
मंगलबार, जेठ १५, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारीहरु र केन्द्रीय सदस्यहरुले निर्वाचन रोक्न माग गरेका छन् । हालसम्म सदस्यताको विषयमा टुंगो लाग्न अझै बाँकि रहेको र गलत तरिकाले केन्द्रीय अध्यक्ष र महासचिवले क्रियाशिल पत्रकारको सदस्यता काटेर गैर पत्रकारलाई नयाँ सदस्यता दिइएको कार्यको घोर विरोध गर्दै निर्वाचन कमिटीलाई निर्वाचन नगराउन उनीहरुले चेतावनी दिएका हुन् ।

Honor x7 pad

देशभरका सबै जिल्ला शाखाले चिन्दै नचिनेका, पत्रकारितामा नरहेका र पुरानो सदस्यता सूचीमा नाम नभएका व्यक्तिहरुको नाम किर्ते गरी थपिएको, एउटै मापदण्डमा पर्ने सदस्यहरुमध्ये नियतवश कुनै सदस्यको नवीकरण गरिएको र कसैलाई हटाइएकोमा एकरुपतामा ल्याउने व्यवस्था मिलाईयोस भन्दै पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारीको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरुले निर्वाचन रोक्न माग गरेका हुन् ।

साथै उनीहरुले राखेका सर्तहरु पुरा नगरी निर्वाचन प्रक्रिया अगाडी बढाएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् निर्वाचन समिति लिनुपर्ने चेतावनी दिदै गलत कार्य रोक्न माग गरेका हुन्।

के भनेका महासंघका पदाधिकारी र सदस्यहरु?

१. आईतबार साँझ देखी नेपाल पत्रकार महासंघको छाप दुरुपयोग गरेर अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीको हस्ताक्षरमा सार्वजनिक भएको र निर्वाचन समितिलाई दिईएको भनिएको सदस्यता सुची चोरबाटो बाट तयार पारी सार्वजनिक गरिएकाले उक्त सुची खारेज गरी विधान अनुसार केन्द्रिय समिति मार्फत पास भएको सुची मात्र स्विकार गरियोस ।

२. चोरबाटो बाट ल्याईएको उक्त सुचीमा पत्रकारितामा क्रियाशील व्यक्तिहरुको नाम हटाएर नवीकरण नगर्नुका साथै क्रियाशील पत्रकारहरुको नयाँ सदस्यता प्राप्त गर्ने अधिकारबाट समेत बञ्चित गरेको देखिएकाले तत्काल प्रक्रिया पुरा गरेका व्यक्तिहरुको केन्द्रिय समिति मार्फत नै सदस्यता कायम गर्ने वातावरण मिलाईयोस ।

३.जिल्ला शाखाले चिन्दै नचिनेका, पत्रकारितामा नरहेका र पुरानो सदस्यता सूचीमा नाम नभएका व्यक्तिहरुको नाम किर्ते गरी थपिएको, एउटै मापदण्डमा पर्ने सदस्यहरुमध्ये नियतवश कुनै सदस्यको नवीकरण गरिएको र कसैलाई हटाइएकोमा एकरुपतामा ल्याउने व्यवस्था मिलाईयोस ।

पुनश्च : माथि उल्लेखित हाम्रा सर्तहरु पुरा नगरी निर्वाचन प्रक्रिया अगाडी बढाएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् निर्वाचन समिति हुनेछ ।

 

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्