बाँकेको राप्तीसोनारीमा चट्याङ लागेर एक महिलाको मृत्यु

आइतबार, जेठ १३, २०८१
honor mob  winter sales

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक जना महिकाको मृत्यु भएको छ।  चट्याङ लागेर अन्य तीन जना महिला घाइते भएको बाँके प्रहरीले जानकारी दिएको छ। 

Honor x7 pad

गाउँपालिकाको  वडा नम्बर ८स्थित खल्ला गाउँकी ४० बर्षीया पुतला खत्रीकोे आज अपरान्ह साढे ४ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । 

आफ्नो गाउँदेखि अन्दाजी एक किलोमिटर उत्तरतर्फ रहेको घण्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा हावाहुरी र पानीसहित परेको चट्याङबाट सोही ठाउँका ४२ बर्षकी देबा घर्ती, ३६ बर्षकी लिला खत्री र २६ बर्षकी कलसी बुढा घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइते महिलाहरुको उपचारका लागि अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ भने चट्याङ लागेर ३ वटा बाख्रासमेत मरेका छन् ।

 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्