मेयर बालेनले थुपारिदिए सडक विभागको गेटमा एक ट्रक धुलो

शनिबार, जेठ १२, २०८१
honor mob  winter sales

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह (बालेन) ले एक ट्रक धुलो बबरमहलस्थित सडक विभागको गेटमा थुपार्न लगाएका छन् । उनको आदेशमा महानगरको बाताबरण महाशाखाले एक ट्रक धुलो थुपारिएको हो।

Honor x7 pad

बालेनले काठमाडौंको चक्रपथको कलंकी- महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो सडक विभागको गेटमा थुपार्न आदेश दिएका हुन् ।

सामाजिक सञ्जालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई पत्र लेख्दै उनलाई दैनिक एक ट्रक  धुलो उपहार दिने घोषणा गरेका हुन् ।

यस्तो लेखेका छन् बालेनले-

माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! 

तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर   स्विकार्नु होला ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्