प्रवासी नेपाली मञ्च बेल्जियमको अध्यक्षमा न्यौपाने चयन

बिहीबार, जेठ १०, २०८१
honor २२ sept

बेल्जियम । प्रवासी नेपाली मञ्च बेल्जियमको सातौं  अधिबेशनले बिनोद न्यौपानेको अध्यक्षतामा सर्वसम्मत  नयाँ कार्य समिति चयन गरेको छ । 

X7D

गत आईतवार आन्तर्पेन शहरमा भएको अधिबेशनले उपाध्यक्षद्धयमा रमेश पौडेल र मुना केसी, सचिबमा बुद्धि बराल, उपसचिबमा हरि सिंखडा र लोकनाथ  दहाललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा जीवन शर्मा, पेमा शेर्पा, सुरज खरेल, सविता अधिकारी दाहाल, अनिता महर्जन, मसना ताम्राकार, राजु बराल, तीर्थ धमला, सारा अर्याल, हरी भट्टराई, जगत सुबेदी, सुर्यनारायण श्रेष्ठ, कमला सुबेदी, गोविन्द वली, जगत सुबेदी चयन भएका छन् ।

कार्यक्रममा प्रवासी नेपाली मंचका अन्तर्राष्ट्रिय कमिटिका सचिब हेम शेर्पा, उपसचिब कर्ण शाही, सदस्य सन्तोष भट्टराई, शिव बरुवाल, मंचका युरोप संयोजक मुक्त गुरुङ, युरोप इन्चार्ज भक्त बहादुर बाग्ले, सचिब शालिकराम थपलिया, नेपाली दुतावास बेल्यिमका तृतीय सचिब रमेश गैरे, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, नेपाली जनसम्पर्क समिती बेल्जियमका उपसभापति बिराट जोशी, नेपाली जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, नेपाली जनप्रगतिशील मंच युरोपका अध्यक्ष चित्र सुबेदी, नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ, मोर्चाका युरोप अध्यक्ष बदन योङहाङ, संघीय समाजबादी बेल्जियमका अध्यक्ष नेत्र मगर, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना, तमु समाज बेल्जियमका अध्यक्ष होम गुरुङ, किरात राई बेल्जियमका मुना राई, संयुक्त किरात समाज बेल्जियमका महासचिब दौलतकुमार साम्वा, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम् शर्मा, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई लगायतको उपस्थिति रहेको थियो । 

नेपालमा गोरखा जिल्ला स्थायी घर भएका अध्यक्ष न्यौपाने यस अघि मंचको संस्थापक कोषाध्यक्ष, उपाध्यक्ष, सल्लाहकार लगायत जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

नव निर्वाचित अध्यक्ष न्यौपानेले नयाँ कार्यसमितिले प्रवासमा नेपाली राजनीति भन्दा पनि बेल्जियमका रहेको नेपाली समाजलाई एकिकृति गर्दै समुन्नत समाज निर्माणका लागि आफुले भूमिका खेल्ने बताएका छन् ।मंच नेपाल कम्युनिष्ट पार्टी एमाले निकट प्रवासमा रहेको वैचारिक संगठन हो । 

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्