Dashain Banner
Dashain Banner

नेपालगञ्ज-गुलरिया सडक खण्डको ६५ प्रतिशत काम सम्पन्न

बिहीबार, जेठ १०, २०८१

खजुरा(बाँके)। हालस्मम बाँकेको  नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ।

नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ।

नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार ११.६ किलोमिटर चार लेन र १६.२ किलोमिटर दुई लेन गरी २७६२ किलोमिटर सडक विस्तार २०८२ मंसिर २७ गतेभित्र सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो।

शर्मा एन्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक  दुई अर्ब ७८ करोड २९ लाख रूपैयाँमा निर्माणको ठेक्का जिम्मा पाएको हो।

नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी  छ। रासस।

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्