कैलाश सिरोहियाको पक्राउविरुद्ध पत्रपत्रिकाको सामूहिक विरोध

बुधबार, जेठ ९, २०८१
Honor 600 pro

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध र बदनियत राखेर पक्राउ गर्न लगाएको भन्दै देशका ठुला पत्रपत्रिकामा कालो पोतेर सामुहिक विरोध गरेका छन् ।

देशको राजधानीबाट आज प्रकाशित भएका लगभग सबै पत्रपत्रिकाले सम्पादकीयको स्थानमा कालो पोतेर "तथ्य डग्दैन,कलम झुक्दैन" भन्ने शीर्षकमा मात्रै एक लाइन सम्पादकीय लेखेका छन् ।

नयाँ पत्रिका, नगरिक र कारोबार दैनिकले यो विरोध कार्यमा सहभागी जनाएका छैनन् ।

नेपाल पत्रकार महासंघले मंगलबार साँझनै एक विज्ञप्ति जारी गर्दै सिरोहियालाई पक्राउ गरेको घटनाप्रति घोर निन्दनीय कार्य भनेको छ।

कान्तिपुरका अध्यक्ष सिरोहियालाई मंगलबार जिल्ला अदालत धनुषाले दिएको पक्राउ पुर्जीको आदेशमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुरको कार्याबाट पक्राउ गरेको थियो।

उनको पक्राउपछि चौतर्फी निन्दा र भर्सत्ना भइरहेको छ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्