कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

मंगलबार, जेठ ८, २०८१
Honor 600 pro

धनुषा । कान्तिपुुर पब्लिकेसन मालिक कैलाश सिरोहियालाई प्रहरीले  पक्राउ गरेको छ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई नेतृत्वको टोलीले सिरोहियालाई आज साँझ थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट पक्राउ गरेको हो।

आज धनुषा जिल्ला अदालतले कान्तिपुर पब्लिकेसन्सका अध्यक्षसमेत रहेका मालिक सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

उनलाई दोहोरो नागरिकता प्रकरणमा अदालतले आज पक्राउ पुर्जी जारी गरेको हो । सोही पक्राउ पुर्जीका आधारमा प्रहरीले सिरिहियालाई पक्राउ गरेको हो।

उनलाई आजै धनुषा लैजाने तयारी गरिएको प्रहरीले श्रोतले जनाएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्