दैलेखबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना, दुईको मृत्यु, २१ जना घाइते

सोमबार, जेठ ७, २०८१
प्रहरीको अनुरोध

सुर्खेत  । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । आज दिउँसो  कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो । 

Laxmi saraswati

दुर्घटनामा दुल्लु नगरपालिका–१० गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका–५ नेउलापुर बस्दै आएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । उनले गाडीमा सवार २१ जना घाइते भएका, एक जना गम्भीर घाइते भएका र २० जनाको अवस्था सामान्य रहेको बताए ।

घाइतेको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका केही मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको तर रुखमा अड्किँदा थप मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ । 

तीव्रगतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनाका घाइतेहरुलाई कर्णाली प्रादेशिक अस्पताल र कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्