गायक रवि ओड ५ लाख धरौटीमा रिहा

शुक्रबार, जेठ ४, २०८१

सुदूरपश्चिम। वैवाहिक बलात्कारको मुद्दामा हिरासतमा रहेका गायक एवं नेपाल आइडल सिजन २ का  विजेता रवि ओड धरौटीमा रिहा भएका छन् ।

Honor x5c

गत बिहीबार कन्चनरपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका गायक ओडलाई ५ लाख धरौटीमा रिहा गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको हो। अदालतको आदेश अनुसार ५ लाख रुपैयाँ धरौटी रकम बुझाएर उनी बिहीवार साँझ रिहा भएको प्रहरीले जानकारी दिएको छ।

उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कार मुद्दामा उजुरी दिएपछि त्यसैदिन जिल्ला अदालतले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

ओड देशबाहिर रहेका कारण नेपाल आएलगत्तै गत बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह