राप्तीसोनारीमा नदीजन्य ठेक्काको अनुगमन, अध्यक्ष पौडेलले दिए यस्तो चेतावनी..

शुक्रबार, जेठ ४, २०८१
honor mob  winter sales

राप्तीसोनारी ( बाँके )। बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेमाथि पालिकाले कडाइ गरेको छ।  राप्तीसोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको गुनासो आएपछि पालिकाले अनुगमनलाई सघन बनाएको छ ।

Honor x7 pad

नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएका कम्पनीलेसमेतले जथाभावी रुपमा नदीजन्य पदार्थको उत्खनन र पायक पर्ने स्थानमा भण्डारण गर्ने गरेको गुनासो आएपछि कडाइ गरिएको हो ।

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाका प्रतिनिधि र कर्मचारीले राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्नका लागि क्रसर उद्योगको अनुगमन गर्ने गरेका छन् । 

नदीजन्य पदार्थको चोरी निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले क्रसर उद्योग र घाटगद्धीको निरीक्षण तथा अनुगमन गर्ने गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

यस वर्ष गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का आह्वान गरी आठ करोड ६७ लाख ९६ हजार नौ सयमा ठेक्का सम्झौता गरेको छ । “उत्खननको ठेक्का पाएको कम्पनीले सम्झौताअनुसारको सीमा क्षेत्रभन्दा बाहिर नजान चेतावनी दिँदै आएका छौँ, गाउँपालिका क्षेत्रभित्र रहेका सबै क्रसर उद्योगको अनुगमन गर्ने तयारीमा छौँ”, गाउँपालिका अध्यक्ष पौडेलले भने, “अनुगमनका क्रममा कुनै कैफियत पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ ।”

विहीबार मात्रै राप्ती सोनारी गाउँपालिका वडा नं। ६ ढलैया नाकाको जलालाघाट र मसुसियाको अनुगमन गरिएको छ । राप्ती नदीको ममुरीया स्थानमा पुगेर पालिकाका अध्यक्ष पौडेलको नेतृत्वको टोलिले अनुगमन गरेको हो । त्यसक्रममा १.५ मिटर गहिराईमात्र उत्खनन् गर्नुपर्नेमा औषत भन्दा १.९० मिटर गहिराई उत्खनन् गरेको पाइएको पालिका प्रमुख पौडेलले बताए । साथै साना उपकरणले नदी जन्य पदार्थको उत्खनन् गर्नुपर्नेमा ठूला उपकरण प्रयोग गरेको पाइएकाले ती उपकरण हटाउन निर्देशन दिइएको पनि अध्यक्ष पौडेलले बताए ।

नदी क्षेत्रमा हुने अवैधानिक रुपमा नदीजन्य पदार्थको उत्खनन्, तोकिएको स्थान भन्दा फरक स्थानबाट अवैध रुपमा उत्खनन् तथा चोरी निकासीलाई ध्यानमा राखी गाउँपालिकाबाट ठेक्कामा लगाइएको नदीमा सुरक्षा निकाय र पत्रकारको टोलि समेत सम्मेलित भएर अनुगमन गरिएको हो ।

अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडी, वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेल, योजना शाखा प्रमुख, इन्जिनियर, प्राविधिक, सुरक्षाकर्मी र पत्रकार लगायतको टोलिले अनुगमन गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्