दंगीशरणमा महिलाका लागि सशक्तिकरण तथा मनोविमर्श तालिम

बिहीबार, जेठ ३, २०८१
honor mob  winter sales

प्रमोद आचार्य/ दाङ दाङको दंगीशरण गाउँपालिका वडा न १ को आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको सहजीकरणमा महिलाका लागि सशक्तीकरण तथा २ दिने मनोविमर्श तालिम आजदेखि दंगीशरण- १ को बाँकिमा सुरु भएको छ ।

Honor x7 pad

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले अशक्तहरुलाई सशक्त बनाउने उदेश्यका साथ गाउँपालिकाले  बिभिन्न  कार्यक्रमको आयोजना गरेको बताए । बिगतका बर्षहरुको तुलनामा अहिलेको अवस्थामा महिला शसक्तिकरणमा वृद्धि भएको बताए ।महिलाहरुमा हरेक कुरा लगनशीलता ,इमानदारीता हुने भएकाले महिलाहरु राज्यको हरेक मुल प्रवाह ल्याउन ससक्तिकरणको माध्यमवाट अगाडी बढाउन बिभिन्न कार्यक्रमहरु ल्याएको अध्यक्ष गिरीले बताए । पछिल्लो  समयमा अगाडिका परम्परागत संस्कारहरु लोप हुँदै गएकोप्रति पनि अध्यक्ष गिरीले चिन्ता ब्यक्त गरेका थिए।

यस्तै वडा अध्यक्ष रमेश भण्डारीले महिलाहररु आफ्नो हक अधिकारका लागी ढुक्कसगँ बोल्न र हरेक कुरामा चासो राख्न सक्ने बनाउने गरी अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको बताए ।यस्तै अध्यक्ष भण्डारीले पछिल्लो समय बिकराल रुपमा देखापरेको मनोसामाजिक समस्यालाई समाधान गर्न र रोग लागेर उपचार गर्नुभन्दा रोगनै लाग्न नदिन मनोविमर्शलाई सँगै जोडेर तालिम आयोजना गरीएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेले महिलाहरूले तालिममा सिकेका कुरालाई नितान्त व्यबहारमा लागु गरीदिन र तालिम पाचात  प्रशिक्षकको रुपमा अगाडि बढ्नसक्ने गरी लाग्न आग्रह गरेका थिए।

२ दिने तालिममा वडा नम्बर १ का वडा अध्यक्ष भण्डारीको अध्यक्षता,गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत  पाण्डेको विशिष्ट आतिथ्यतामा तालिमको औपचारिक उद्घाटन गरीएको हो । वडा नम्बर  १ का सदस्य हुमा गिरीको स्वागत मन्त्ब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा नम्बर १ का सचिव मन बहादुर खड्काले गरेका थिए।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्