नेपालगञ्जमा भूकम्प तथा आगलागी नियन्त्रण सम्बन्धि कृतिम घटना अभ्यास

बुधबार, जेठ २, २०८१
honor mob  winter sales

बाँके । नेपालगञ्जमा भूकम्प तथा आगलागी नियन्त्रण सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) कार्यक्रमको सहजीकरणमा वडा नम्बर ७ मा वडास्तरिय भूकम्प तथा आगलागी नियन्त्रण सम्वन्धि कृत्रिम घटना अभ्यास गरिएको हो । 

Honor x7 pad

भूकम्प र आगलागीका छुट्टाछुट्टै घटना सिर्जना गरेर खोज तथा उद्दार, प्राथमिक उपचार, उपचारका लागि अस्पतालसम्मको प्रबन्ध, विपद ब्यवस्थापन लगायत क्रियाकलाप गरेर विपद नियन्त्रण सम्बन्धि अभ्यास गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 

कृत्रिम घटना अभ्यासमा समुदायमा रहेका तालिम प्राप्त स्वयंसेवक, नगर प्रहरी, नेपाल प्रहरी, दमकल कर्मचारी, रेडक्रसकर्मीको सहभागिता रहेको थियो । क्रृतिम घटना अभ्यास कार्यक्रमा जनप्रतिनिधिहरु, रेडक्रस, युनिसेफ, सुरक्षा निकाय, स्थानीय समुदाय लगायत करिब डेढ सय जनाको  सहभागिता रहेको थियो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर परियोजनाले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । वडा नम्बर ३ र ७ मा यो परियोजना सञ्चालनमा छ ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्