वीपी स्मृति दिवसमा बाँकेको शम्शेरगन्जमा कांग्रेसको वृक्षारोपण

शनिबार, साउन ६, २०८०
honor mob  winter sales

शम्शेरगन्ज(बाँके )। ४१औं वीपी स्मृती दिबसका अबसरमा बाँकेको शम्शेरगन्जमा बृक्षारोपण गरिएको छ। 

Honor x7 pad

नेपाली कांग्रेस राप्तीसोनारी वडा नं. २ कार्यसमितिको आयोजनामा र श्री दुर्गा भवानी माध्यामिक बिद्यालयको सहकार्यमा क्षेत्रिय सभापती पोषण के.सी.को प्रमुख आतिथ्यता र वडा नं. २ का सभापति नन्दलाल बस्नेतको अध्यक्षतामा शम्शेरगन्जस्थित दुर्गा भवानी माध्यामिक बिद्यालयमा आज बृक्षारोपण रोपन गरिएको हो।

बृक्षारोपण कार्यक्रममा बोल्दै क्षेत्रिय सभापति केसीले वीपीले देखाएका मार्गदर्शनलाई आत्मसाथ गर्नुपर्ने बताए। केसीले पार्टी भित्रको गुट-उपगुटलाई अन्त्य गरेर पार्टीलाई सशक्त गराउन कार्यकर्तालाई निर्देशन दिएका थिए।

कार्यक्रममा प्रदेश 'क' का कार्यबाहक सभापति अम्बर बहादुर बुढाथोकी, क्षेत्रिय सह-सचिव दीपेन्द्र उप्रेती, क्षेत्रिय प्रवक्ता तुलाराम खत्री, राप्तीसोनारी गाउँपालिकाका सभापति भिमबहादुर राना क्षेत्री लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको कार्यक्रमको सन्चालन वडा सचिव खड्क खत्रीले गरेका थिए।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्