Dashain Banner
Dashain Banner

चार दिन विद्युत सेवा अवरुद्ध हुँदै

बुधबार, जेठ २, २०८१

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा ४ दिनका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्र अन्तर्गत विद्युतीय लाइन भुमिगत गर्ने कार्य भएकाले विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुन लागेको जानकारी दिएको छ।

विद्युत प्राधिकरणले भोलि नयाँ बजार क्षेत्र, शनिबार नयाँ बजार र क्षेत्रपाटी क्षेत्रमा र आइतबार भिमसेनस्थान र मंगलबार भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत सेवा आपूर्ति अवरुद्ध हुने जनाएको छ।

उक्त स्थानहरुका उल्लेखित फिडरहरु अन्तर्गत ती स्थानहरुमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्