गृहमन्त्रीलाई भेटेर गणेश बस्नेतले भने- 'गृहमन्त्री ज्युको प्रतिष्ठामा परेको असरले दुखी छु'

शनिबार, साउन ६, २०८०
honor mob  winter sales

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको आज भेट भएको छ।

Honor x7 pad

गृहमन्त्री श्रेष्ठलाई भेटदै बस्नेतले सुन प्रकरणको समाचारमा गृहमन्त्री ज्यु नामले पर्न गएर परेको असरप्रति आफू दुखी भएको बताएका छन्।

भेट पश्चात् अध्यक्ष बस्नेतले गलत असहमतिको अन्त्य भएको भन्दै फेसबुक स्ट्याटस लेखेका छन्।

फोटो -गणेश बस्नेतको फेसबुकबाट

यस्तो बस्नेतको स्ट्याटस-

माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग आज छलफल भयो । उहाँले पुरानै मित्रवत शैलीमा गणेशजीले नै मेरोबारे यस्तो लेख्ने ? भनेर हास्नु भयो । मैले तपाईलाई नै किटान गरेर कहाँ लेखेको छु भने । छलफलबाट निचोड निकालियो-अहिलेसम्मको असहमतीको अन्त्य गर्ने । नेपाल प्रहरीको साइबर ब्यूरोमा सचिवालयबाट मेरोविरुद हालेको उजुरी फिर्ता भएको छ । धन्यवाद माननीय गृहमन्त्री नारायणकाजी कमरेड । केही बुझाईमा फरक परेछ हामीबीच तर नियत गलत थिएन । विमानस्थलमा बरामद सुन प्रकरणमा मैले प्रश्न गरेको थिए, त्यो प्रश्नले मेरो नियतमाथि नै प्रश्न उठाउने काम भयो गणेशजी भन्नुभयो, मेरो समाचार स्रोत गलत परेछ त्यो कारणले तपाईको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु भने । उहाँले अंगालो हाल्नु भयो । समस्याको समाधान भयो । प्रेस चौतारी नेपालको आन्दोलनका सवै कार्यक्रम स्थिगत भएको छ । साथै आफू भ्रष्टाचारविरुद कुनै समझौता नगर्ने उहाँको अडानमा समर्थन गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा एक्यवद्दता जनाइयो । यो अभियानमा साथ दिने प्रेस चौतारी नेपालका प्रिय मित्रहरू, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस सेण्टरका अध्यक्षलगायत सवै मित्रहरूप्रति आभारी छू ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्