कोहलपुरको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्रीको ध्यानाकर्षण

मंगलबार, जेठ १, २०८१
honor mob  winter sales

काठमाडौं । बाँकेको कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराइएको छ ।

Honor x7 pad

बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री र कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आज काठमाडौंस्थित गृह मन्त्रालयमा पुगेर लामिछानेको ध्यानाकर्षण गराएका हुन् ।

कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासको अतिक्रमित संरचना खाली गर्न नगर विकास समितिले पछिल्लोपटक दिएको एक हप्ताको समय आज सकिएको छ । ‘ठीक यही बेला बाँके प्रमुख जिल्ला अधिकारीविहीन समेत भएको छ,ु नगर प्रमुख आचार्यले भने–‘तत्काल प्रमुख जिल्ला अधिकारी पठाइदिएर अतिक्रमित संरचना हटाउने वातावरण निर्माणका लागि गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका छौं। समितिको स्वामित्वमा रहेको अतिक्रमित संरचना खाली गराउन गृहमन्त्री पनि सकारात्मक देखिनुभएको छ ।’

अबको केही दिनमा बाँकेले प्रमुख जिल्ला अधिकारी पाउने र अतिक्रमित जमिन खाली गराउने कामलाई निरन्तरता दिने प्रतिवद्धता गृह मन्त्रालयबाट प्राप्त भएको पनि नगर प्रमुख आचार्यले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्