लूटपाट गर्ने उदेश्यले धरान जंगलमा चौधरी हत्या भएको प्रहरीको निष्कर्ष

शनिबार, साउन ६, २०८०
honor mob  winter sales

विराटनगर । धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै लूटपाट गर्ने उदेश्यका साथ विराटनगर -५  का  २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरिएको सुनसरी प्रहरीले निष्कर्ष निकालेको छ।

Honor x7 pad

गए राति मूलघाटबाट विराटनगर जाँदै गरेका चौधरी र उनकी केटी साथीले लगाएको  सुनका गहना लुट्ने प्रयासका कारण लूटेराहरुले गोली चलाएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार तीन जनाको लुटेराको समूहले सुन लुट्न खोजेपछि युवकले प्रतिकार गर्दा गोली हानेको देखिएको छ। सुन लुट्न खोज्दा  चौधरीले प्रतिकार गर्दा लूटेराले हानेको  गोली दाहिने कोखमा लागेको देखिएको प्रहरीले जनाएको छ। 

यस घटनामा चौधरीकी केटी साथी सामान्य घाइते भएकी छिन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले बताएको छ।

घाइते भएकी केटी साथीको बयानका आधारमा उनीहरु मुलघाटबाट फर्कने क्रममा सेउती पुल कटेपछि बाइक रोकेर पानी खान खोज्दा पानमारा तिरबाट आउने बाटोमा लुटपाटको प्रयास भएको हो। 

प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ताले चौधरीको हत्या गरेको प्रहरीले आशंका गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धानमा जुटेको जनाएको छ भने चौधरीको हत्यामा संलग्न भएकाहरुको खोजीकार्य भइरहेको बताएको छ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्