धरानमा २८ वर्षीय युवकको गोली हानी हत्या

शुक्रबार, साउन ५, २०८०
honor mob  winter sales

विराटनगर। विराटनगरका एक युवकको धरान-इटहरी सडकखण्डमा  गोली हानी हत्या भएको छ ।

Honor x7 pad

आज साँझ धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै  विराटनगर -५  का  २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको सुनसरी प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको हो

प्रहरीका अनुसार मूलघाटबाट विराटनगर जाँदै गरेका चौधरीको  उनको दाहिने कोखमा गोली लागेको छ भने  उनको साथमा भएको रकम र मोबाइल समेत लुटिएको छ  ।  उनीसँगै रहेकी केटी साथी पनि आक्रमणबाट घाइते भएकी छिन् । उनको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ भने आक्रमणकारीलाई प्रहरीले खोजीरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्