बर्दियाबाट ब्राउन सुगरसहित ९ जना प्रहरीको नियन्त्रणमा

बिहीबार, कात्तिक १९, २०८३

बर्दिया । बर्दियाका विभिन्न स्थानबाट प्रहरीले ५ ग्राम ९७० मिलिग्राम ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ ।

बाँसगढी नगरपालिका–५ बाँसगढी बजारस्थित रोयल फास्टफुड खाजा घरबाट २ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–८ का २६ वर्षीय रिदम केसीसहित चार जना रहेका छन् ।

इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो ।त्यसैगरी, बढैयाताल गाउँपालिका–७ बाट ६६० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–२ विकासनगरका २२ वर्षीय शिव विकसहित तीन जना रहेका छन् । उनीहरूलाई प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यस्तै, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट ३ ग्राम १८० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–४ का २० वर्षीय शिवराज थारू र बर्दियाको गेरुवा गाउँपालिका–५ का २७ वर्षीय उमेश थारू रहेका छन् ।

प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले भे।६ प ६४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  ०७:१५
प्रतिक्रिया दिनुहोस्