नेकपा एसका पाल्पा जिल्ला अध्यक्ष पाण्डेयको हृदयघातबाट निधन

शनिबार, असार २३, २०८०
honor mob  winter sales

पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष  खिमानन्द पाण्डेय (कमल) को निधन भएको  छ ।

Honor x7 pad

हृदयघात भएर अध्यक्ष पाण्डेयलाई बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लैजादै गर्दा    बाटोमै निधन भएको हो। उनलाई  लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।

शुक्रबार साँझ ६ः१५ बजे हृदयघाट भई ५२ वर्षीय पाण्डेयको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा ६ः४५ बजे अस्पतालले मृत्यु घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक पाण्डेयको दुई छोरा र श्रीमती छन् । पाण्डेयका २६ वर्षीय माहिलो छोराको पनि गत वर्ष हृदयघाटबाटै मृत्यु भएको थियो । पूर्वएमाले पाल्पाको उपसचिव रहेका मृतक पाण्डेय पाल्पामा सरल र स्वच्छ छवि बनाएका नेता हुन् ।

उनी गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेका थिए । आजै कालीगण्डकी नदीको राम्दीघाटमा पाण्डेयको अन्त्येष्टि गरिँदैछ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्