प्रविधिको विकाससँगै शिक्षकहरु पनि प्रविधि अनुकुल रुपान्तरण हुन आवश्यक छ: अध्यक्ष गिरी

आइतबार, वैशाख ३०, २०८१
honor mob  winter sales

प्रमोद आचार्य/ दंगीशरण (दाङ) । शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा विकास तथा समन्वय इकाइ दाङको आयोजना तथा दंगीशरण ,शान्तीनगर र बबइ गाउँपालिकाको समन्वयमा सामुदायिक तथा संस्थागत माध्यमिक विधालयका प्रधानाध्यापक एबम आधारभुत तह कक्षा ६-८ का सामुदायिक विधालयका प्रधानाध्यापकहरुसँग शैक्षिक गुणस्तर अभिबृद्दिका लागि एकदिने अन्तर्कृया कार्यक्रम दाङमा सम्पन्न भएको छ ।

Honor x7 pad

अन्तर्कृया कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले विद्यालयहरु पूर्णरुपमा भौतिक पूर्वाधारमा सम्पन्न भएका तर विद्यार्थी संख्या कम हुने राष्ट्रिय समस्याको रुपमा रहेको बताए । प्रविधिको विकाससँगै शिक्षकहरु पनि प्रविधि अनुकुलित रुपान्तरण हुन अन्त्यन्त आकश्यक रहेको उनको भनाई थियो ।विद्यार्थीहरुलाइ घोकन्ते विद्या भन्दापनि व्यवहारिक ज्ञानमूलक शिक्षा दिन प्रधानाध्यापकहरुलाई सुझाव दिए।

पछिल्लो समयमा बालबालिकाले आफ्नो संस्कार बिर्सिदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अबको स्थानिय पाठ्यक्रममा संस्कार र संस्कृतीकोबारे समाबेश गर्न आवश्यक रहेको अध्यक्ष गिरीको भनाई थियो ।

कार्यक्रमको उदेश्यमाथि प्रकास पार्दै दंगीशरण गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारीले दिगो विकास लक्षमा पनि विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरु हुने गरेको बताए ।बालबालिकाले संस्थागत होस या सामुदायिक विद्यालय जहाँ पठनपाठन गरेपनि उनिहरुको गुणस्तरीय शिक्षा प्राप्तताको सुनिस्चित हुनुपर्ने बताए ।

प्रविधिको विकाससँगै सिकाइमा उपलब्धि हुनुपर्नेमा अझ घट्दै गइरहेकोप्रति दु:ख व्यक्त गर्दै गुणस्तरीय शिक्षा अभिबृद्दीका लागि सिकाइ आदनप्रदान तथा अनुभव साटासाट गर्न अन्तर्कृया कार्यक्रम आयोजना गरीएको अधिकारीले बताए ।

अन्तर्कृया कार्यक्रम इकाइ समन्वय प्रमुख देवमणि चौधरीको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष  गिरीको प्रमुख आतिथ्यता तथा दाङका प्रमुख जिल्ला अधिकारी राम बन्धु सुवेदीको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्