Dashain Banner
Dashain Banner

नेपालगञ्जको जमुनाहा नाका तीन दिन बन्द

शुक्रबार, वैशाख २८, २०८१

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित सीमा जमुनाहा नाका तीन दिन बन्द हुने भएको छ ।

भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा बैशाख ३१ गते हुने लोकसभा निर्वाचनलाई लक्षित गरी आज राती १० बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्म जमुनाहा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

सहायक प्रमख जिल्ला अधिकारी लाल बहादुर गुरुंगले एक सूचना जारी गर्दै चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नाका बन्द गरिएको उल्लेख गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्